२०८१ कार्तिक ६, १८:१०

शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० :जापानी प्रधानमन्त्री फुमियो किशिदा

टोकियो : मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योदोले उल्लेख गरेको छ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ।

क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखविरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन्। सोमबार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

 

४ जना युवा खुकुरीसहित पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *