२०८१ कार्तिक ६, १८:२६

खुकुरी प्रहार गरी आफ्नै ६० वर्षीया श्रीमतीको हत्या

दमक-झापाको दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

इलामको माङसेवुङ गाउँपालिका- ४ घर भई हाल दमक नगरपालिका- २ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरी आफ्नै ६० वर्षीया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेको हो ।

शनिवार दिउँसो २ बजेको समयमा दमक- २ स्थित मखमली टोलमा कृष्ण विश्वकर्माको घरमा बस्दै आएका धनबहादुरले घरायसी झगडाको क्रममा श्रीमती इन्द्रकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । टाउको, शरीरभरि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना घटे लगतै इलाका प्रहरी कार्यालय दमकले खुकुरीसहित धनबहादुरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका सबै ७३ जना रिहा

Leave a comment

Your email address will not be published. Required fields are marked *