२०८१ कार्तिक ७, ०५:०७

प्रथम जोरसिमल कप २०८०ः एनएफसी धुलाबारी र ब्रदर्श एफसी विजयी हुँदै  फाइनलमा प्रवेश

मेचीनगर । मेचीनगर-७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगितामा शुक्रबार भएको खेलमा एनएफसी धुलाबारी र ब्रदर्श एफसी विजयी हुँदै  फाइनलमा प्रवेश गरेको छ ।

युवा क्लब जोरसिमल र ब्रदर एफसि विचकाे सेमिफाइनल खेलमा दुबै क्लवले एक एक गाेल गरे।खेल बराबरीमा टुङ्गिएपछि पेनाल्टीमा  ब्रदर्श एफसीले ४- २ गोलले  हराउदै फाईनलमा प्रवेश गरेको हो।

खेलकाे म्यान अफ दि म्याच दिपेश श्रेष्ठ घोषित भए। उनलाई झापा जिल्ला रेपी सघका वरिष्ठ उपाध्यक्ष लक्ष्मण जैसवालले नगद सहित ट्रफी प्रदान गरे ।

त्यस्तै आज नै भएको दोस्रो सेमिफाइनल खेलमा एनएफसी धुलाबारी क्लबले सालवारी एफसीलाई पाँच गाेल अन्तरले हराउदै फाईनलमा प्रवेश गरेको छ । पाँच गाेलमा निरज कार्की ,आदित्य ढुङगेल र विबेक राईले एक एक गाेल गरे भने सेवक थापा मगरले दुई गाेल गरे।

खेलमा म्यान अफ दि म्याज सेवक थापा मगर भए।उनलाई  मेचीनगर- वडा नम्बर १० का वडा सदस्य विशाल कार्कीले नगद सहित ट्रफी प्रदान गरे । कार्की काेशी प्रदेशकै सम्भवतः सबैभन्दा कान्छा जनप्रतिनिधि हुन्।

पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

 

 

प्रथम जोरसिमल कप २०८०ः एनएफसी धुलाबारी र ब्रदर्श एफसी विजयी हुँदै  फाइनलमा प्रवेश

प्लाई उद्योगमा आगलागी हुँदा करिब तीन लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *