२०८१ कार्तिक ७, ०१:०६

आज ब्रदर्श एफसी र सालबारी एफसी विजयी

मेचीनगर । मेचीनगर-७ मा जारी प्रथम जोरसिमल कप २०८०  फुटबल प्रतियोगिताको दोस्रो दिन आज ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजीन एफसीलाई पेनाल्टीमा ४-१ अन्तरले जित हासिल गरेको छ ।

निर्धारित समयमा दुवै टिमले समान १-१ गोल गरेपछि खेलको नतिजा पेनाल्टी मार्फत लिइएको थियो । जसमा ब्रदर्श विजेता बन्यो ।

खेलमा घोडाजीनको तर्फबाट पुजन मगरले १ गोल तथा ब्रदर्शको तर्फबाट सन्दिप रसाईलीले १ गोल गरेका थिए । खेलको मेन अफ दी म्याच ब्रदर्श एफसीका गोल किपर रोमन क्षेत्री घोषित भए । उनलाई फुटबल प्रेमी दिनेश तिवारीले नगदसहित ट्रफी प्रदान गरे ।

आज नै भएको दोस्रो खेलमा सालबारी एफसी विजयी भएको छ । चारआली एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै सालबारी विजयी भएको हो ।

पहिलो हापमा २-० ले अग्रता कायम गरेको चारआली दोस्रो हापमा कमजोर प्रदर्शनी गर्दै ३ गोल खायो । चारआलीको तर्फबाट मनकुमार लिम्बूले २ गोल गरेका थिए भने, सालबारीको तर्फबाट अर्जुन किस्कुले २ तथा बाबु धिमालले १ गोल गरे । खेलको मेन अफ दी म्याच अर्जुन किस्कु घोषित भए । उनलाई फुटबल प्रेमी दिनेश तिवारीले नगदसहित ट्रफी प्रदान गरे ।

भोलिको पहिलो खेल ज्यामिरगडी एफसीका बिरूद्ध एनएफसी धुलाबारी तथा दोस्रो खेल तुर्केनी एफसीका बिरूद्ध देविगन्ज एफसी बिच हुने आयोजक समितिका अध्यक्ष सञ्जय मेचेले जानकारी दिए । पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *