२०८१ कार्तिक ६, १६:२१

आज प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। उनको सम्बोधन अपराह्न ५ बजेका लागि तय भएको छ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सरकारले गरेका प्रयासबारे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

सम्बोधनमा प्रधानमन्त्रीले एक वर्षको अवधिमा सरकारले गरेका राम्रा काम र आगामी कदमबारे जानकारी गराउने उनले बताए।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका  दाहाललेसरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्।

 

गाई काट्ने ३ जना प्रहरीको नियन्त्रणमा

आज प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्ने

आगलागीबाट अन्दाजी १ एक लाख बराबरको क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *