२०८१ कार्तिक ६, २०:४३

मेचीनगरमा जङ्गली हात्तीले घरको सटर भत्काएको छ

झापा । मेचीनगरमा जङ्गली हात्तीले घरको सटर भत्काएको छ ।

बिहीबार मध्यरातमा एउटा हात्तीले मेचीनगर नगरपालिका-३ स्थित बडारखाल टोल निवासी धनमाया तामाङको एक तले पक्की घरको सटर र झ्यालको सिसा भत्काएको प्रहरीले जनाएको छ ।

हात्तीले सटर र झ्यालको सिसा भत्काउँदा १० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट भृकुटीका प्रहरी वरिष्ठ हवल्दार बाबुराम चौधरी नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा हात्ती धपाएका थिए ।

मेचीनगरमा जङ्गली हात्तीले घरको सटर भत्काएको छ

राष्ट्र बैंकले माग्यो ६७ पदमा कर्मचारी

Leave a comment

Your email address will not be published. Required fields are marked *