२०८१ कार्तिक ७, १५:१५

श्रीमतीलाई हम्मरले हानेर श्रीमानले गरे आत्महत्या

धादिङ। आफ्नै श्रीमतीको टाउकोमा ह्याम्मरले हानेर बेहोस बनाएका सोमबहादुर नेपाली आफैँले आत्महत्या गरेका छन् ।

नीलकण्ठ नगरपालिका–९ चिप्लेटीका ५५ वर्षीया उजेली नेपालीलाई उनका पति ५५ वर्षीय सोमबहादुर नेपालीले घरायसी विवादका कारण ह्याम्मरले हानेर रगताम्मे हुनेगरि बेहोस पारेका थिए ।

टाउकामा लागेको चोटबाट बेहोस भएकी उजेलीको धादिङ अस्पतालमा उपचार नभएपछि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

श्रीमतीलाई मार्ने उद्देश्यले ह्याम्मरले हानेका सोमबहादुरले प्रहरीले पक्राउ गर्ने भएपछि  घर नजिकै रुपखमा डोरीको पासो लगाइ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाले जानकारी दिए ।

मानसिक समस्या भोगिरहेका सोमबहादुरले अघिल्लो दिन नै बाँस काटेर घरमा राखेका रहेछन् ।

 

श्रीमतीलाई हम्मरले हानेर  श्रीमानले गरे आत्महत्या

भागवती लेमिनेट प्रा लि मा एक मजदुरकाे

श्रीमतीलाई हम्मरले हानेर  श्रीमानले गरे आत्महत्या

भारतको संसदमा एकैदिन ७८ सांसद निलम्बित

Leave a comment

Your email address will not be published. Required fields are marked *