युक्रेन र रुसबीचको लडाइँमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु
धनगढी – रुसी सेनामा कार्यरत कैलालीको टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ।
युक्रेन र रुसबीचको लडाइँमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु भएको हो।
लडाइँमा गोली लागेर घाइते भएका शाहको समयमा उपचार नपाउँदा मृत्यु भएको उनीसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका युवाले शुक्रवार शाहको परिवारलाई मेसेज गरेर जानकारी गराएका थिए। उनको मृत्यु नोभेम्बर २० मा भए पनि परिवारले भने शुक्रवार मात्र मृत्युको खवर पाएका थिए।
दुबइको रोयल गार्डका रुपमा कार्यरत शाह तीन महिनाअघि त्यहीबाट रुसी सेनामा भर्ना भएको उनका परिवारका सदस्य मंगल शाहले बताए।
मृतक शाहकी पत्नी एक छोरा र अढाई महिनाकी एक छोरी छन्।