२०८१ कार्तिक ६, १७:३३

“न जिस्कनु आगोसंग पानीसंग न जिस्कनु” गजल

न जिस्कनु आगोसंग पानीसंग न जिस्कनु

दिंदा दिंदै रित्तिएको खानीसंग न जिस्कनु

 

एक प्रहरमै चेत्थिस् तैंले ढुङ्गा तेरो पेट भए

तेरै आसमा रात काट्ने नानीसंग न जिस्कनु

 

सामान्य नै लागे पनि मृत्यु! मशानघाट तैंले

सुकें भन्ने खहरेको बानीसंग न जिस्कनु।

 

हारलाई जित सम्झने ए! घमण्डी पुरुष तैंले

संगै सुत्न विवश तेरै सानीसंग न जिस्कनु।

 

लेखक/गजलकार- विवश बलिभद्र काेईराला,चुलाचुली ईलाम

मंसिर २९ गते शुक्रवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *