२०८१ कार्तिक ६, २०:४४

नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

काठमाडौँ : एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको आज (आइतवार) भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल २ मैदानमा भएको खेलमा जितका लागि २६२ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ४२ ओभर १ बलमा अल आउट हुँदै १८८ रनमात्र बनाउन सक्यो।

नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

नेपालका लागि अर्नुन कुमालले सर्वाधिक ९१ रन बनाए। उनले १०८ बलमा १३ चौका हानेका थिए। कप्तान देव खनालले २४ रन, गुलशन झाले १७ रन, दीपक बोहोराले १५ रन र दीपेश कँडेलले ११ रनको बनाए।

नेपालकोदोस्रो खेलमा भएको पराजयसँगै सेमिफाइनल पुग्ने गणितीय सम्भावना कमजोर बनेको छ।

नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

विमानस्थलबाट फेरि ७ केजी सुन बरामद

मंसिर २५ गते सोमवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *