२०८१ कार्तिक ६, १९:२४
#ब्रेकिङ न्युज #मनाेरन्जन

पर्शुराम मल्ल नेपालीको ‘इटहरीको बजारमा’ सार्वजनिक

झापा । गायक पर्शुराम मल्ल नेपालीले ‘इटहरीको बजारमा’ बोलको गीत बजारमा ल्याएका छन् । उनले आफ्नै अभिनयसहितको म्युजिक भिडियो ‘हाम्रो चिनारी’ युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । इटहरी वडा नम्बर १६ बालग्राममा बसोबास गरिरहेका पर्शुरामको विभिन्न गीतहरु सांगीतिक क्षेत्रमा आइसकेका छन् । आफ्नो कार्य इञ्जिनियरिङसँगै सांगीतिक क्षेत्रमा अब्बल बन्दै गएका पर्शुराम मल्ल नेपालीले सबैलाई गीत संगीतलाई माया गर्न आग्रह गरे ।

चम्पावती उच्च मावि बुइपाबाट एसएलसी अध्ययन गरेका नेपालीले मेकानिकल इञ्जिनियर टेक्नोलोजी भाइटल एकाडेमी न्यू दिल्लीबाट अध्ययन गरेका हुन् । खोटाङ जिल्लाको बुइपा दम्कुमा बुवा गजुरमान र आमा लक्ष्मी परियारको सुपुत्रको जन्म भएको थियो ।

म्युजिक भिडियोमा पर्शुराम आँफै र इन्दिरा रनपालले अभिनय गरेका छन् । दिपक बरालले निर्देशन गरेको भिडियोमा सन्दिप मोतेले सह–निर्देशन गरेका छन् । भिडियोलाई परिधी फोटोग्राफी इटहरीले छायांकन गरेको हो । गीतलाई प्रकाश अधिकारीले एरेन्ज गरेका छन् भने इटहरीको स्ट्रिङ रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

हेर्नुहोस भिडियो :

पर्शुराम मल्ल नेपालीको ‘इटहरीको बजारमा’ सार्वजनिक

विमानस्थलबाट फेरि ७ केजी सुन बरामद

Leave a comment

Your email address will not be published. Required fields are marked *