२०८१ कार्तिक ६, २१:२७

जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय गणेश नियन्त्रणमा

 विर्तामोड : २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेशलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *