२०८१ कार्तिक ६, १४:३१
#अर्थ #ब्रेकिङ न्युज

कर्मचारीलाई सुन र चाँदिको सिक्कासहित दर्जनौंलाई सम्मान गर्दै एनएमसी काे ३१ औं सभा सम्पन्न

झापा ,मंसिर  १६। नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले इकाइगत सभामा उठेका ७८ वटा जिज्ञासाको जवाफदेही बन्दै ३१ औं वार्षिक साधासभा अन्तरगत माइन्युट प्रमाणित सभा सम्पन्न गरेको छ ।

मंसिर २ गतेदेखि सातवटा इकाईमा इकाइगत साधारण सभापछि संस्थाका ५८ वटा कार्यालयस्तरमा भएका उपइकाइगत साधारण सभाबाट छानिएका प्रतिनिधिसहितको सहभागितामा माइन्युट प्रमाणित सभा सम्पन्न भएको हो ।

सहकारी अभियानका विशिष्ट व्यक्तित्वहरु र जनप्रतिनिधिहरु उपस्थित माइन्युट प्रमाणित सभामा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदनका मूलभूत विषयहरु माथि चर्चा गरेका थिए ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहालले गत आर्थिक वर्षमा संस्थाको सञ्चालक समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयनको अवस्था, वित्तीय कारोबारहरु गर्नका लागि निर्माण गरिएका नीतिगत व्यवस्थाको परिपालना जस्ता विषयहरु समेटिएको प्रतिवेदनलाई सारांशमा प्रस्तुत गरिन् ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा बिर्तामोडमा सञ्चालन गरिएको सो सभामा संस्थाका उपाध्यक्ष विष्णुप्रसाद गौतमले उपइकाइगत साधारण सभाबाट प्राप्त ७८ वटा विशेष सुझावहरुलाई हल समक्ष प्रस्तुत गरेका थिए ।

दुईजना कर्मचारीलाई सुनको सिक्काबाट सम्मानित

अध्यक्ष ठाकुर शिवाकोटीको अध्यक्षतामा सम्पन्न साधारणसभामा एनएमसीले संस्थामा २५ वर्षभन्दा बढी समयदेखि कार्यरत दुईजना कर्मचारीहरुलाई १० ग्राम सुनको सिक्कासहित र १० वर्षभन्दा लामो अवधि काम गर्ने ४६ जनालाई ५० ग्राम चाँदीको सिक्कासहित दीर्घसेवा पदकबाट सम्मानित गरेको छ ।

अधिकृत कर्मचारी पारसचन्द्र भट्टराई र वरिष्ठ सहाय प्रथम दुर्गा बराल २५ वर्षभन्दा लामो अवधि लगातार काम गरेर दीर्घसेवा पदकबाट विभुषित भएका हुन् ।

वर्ष २०७९/०८० मा घोषित विभिन्न विधाका उत्कृष्ट चार जना कर्मचारीहरुलाई पनि सोही अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाले वर्ष उत्कृष्ट कार्यालय प्रमुखको पुरस्कार बिर्तामोडका तत्कालीन प्रमुख हरिमाया ओझालाई समर्पण गर्यो । यस्तै, वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रधान कार्यालयका वरिष्ठ सहायक तेस्रो सदिक्षा अधिकारीलाई, वर्ष उत्कृष्ट सदस्य सहजकर्ता बिर्तामोडका रुकमणि शर्मा नेपाललाई र व्यवसाय वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार कार्यालय सहायक छैटौं महेन्द्रबहादुर बानियाँलाई प्रदान गरिएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष भगवति घिमिरे मैनालीले शाब्दिक स्वागत गरेकी थिइन् ।

अन्तिम माइन्युट प्रमाणित सभामा संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, कोशी प्रदेश उद्योग तथा कृषि र सहकारी मन्त्रालयका सचिव लेखनाथ दाहाल, निमित्त सहकारी रजिष्ट्रार हरिबहादुर खत्री, झापा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्कालगायतले सम्बोधन गरेका थिए ।

कर्मचारीलाई सुन र चाँदिको सिक्कासहित दर्जनौंलाई सम्मान गर्दै एनएमसी काे ३१ औं सभा सम्पन्न

धानको कुन्युमा आगलागी हुँदा तीन लाख बराबरको

कर्मचारीलाई सुन र चाँदिको सिक्कासहित दर्जनौंलाई सम्मान गर्दै एनएमसी काे ३१ औं सभा सम्पन्न

मंसिर १७ गते आइतवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *