२०८१ कार्तिक ६, १४:२६

२७ सय रुपैयाँले बढेर सुनको कीर्तिमानी मूल्य कायम

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनचाँदी व्यवसायी महासंघले यो साताको मूल्य सूची निर्धारण गर्दै गत साताको तुलनामा २७ सय रुपैयाँले बढेर कीर्तिमानी मूल्य कायम भएको जनाएको हो ।

सातामा २७ सय सुनको मूल्य बढेसँगै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ तोकिएको छ ।  तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ तोकिएको थियो । यस्तै, मङ्सिर महिना भित्रमा नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *