फुटबल रेफ्री लोकराज ढुंगानाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा निधन
काँकडभिट्टा — झापाका फुटबल रेफ्री लोकराज ढुंगानाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको छ ।
झापाको बुद्धशान्ति–१ का ४५ वर्षीय ढुंगाना कलेजो र फोक्सोसम्बन्धी रोगबाट पीडित थिए ।
ढुंगाना विगत दुई दशकदेखि फुटबल रेफ्री थिए ।