क्रिप्टोकरेन्सीको विज्ञापन गर्दा रोनाल्डोमाथि मुद्दा दर्ता
एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सको प्रचार गर्दा मुद्दाको सामना गर्नुपरेको छ । रोनाल्डोले प्रचार गर्दा आफूले लगानी गरेको र त्यसले घाटा ब्यहोरेको भन्दै मङ्गलवार उनीविरुद्ध अमेरिकास्थित फ्लोरिडा अदालतमा क्रिप्टाेकरेन्सी लगानीकर्ताले मुद्दा दायर गरेका हुन् ।
मुद्दाका वादीहरूले रोनाल्डोबाट करिब एक अर्ब डलर जरिवाना माग गरेकाे बीबीसीले जनाएको छ । रोनाल्डोले नोभेम्बर २०२२ मा बाइनान्ससँग युनिक एनएफटी बिक्रीका लागि सहकार्य गरेका थिए ।
उनले प्रचार गरेको एनएफटीमा लगानी गर्दा आफूहरूलाई अर्बौंको घाटा लागेको रिट दायरकर्ताको दाबी छ ।