२०८१ कार्तिक ६, १८:२०

आज ३६औँ विश्व एड्स दिवस मनाइँदै

झापा : डिसेम्बर १ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित नेपालमा पनि ३६औँ विश्व एड्स दिवस देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ।

सन् १९८१ मा पहिलो एचआईभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ।

सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६०० मानिस एचआईभी सङ्क्रमित हुने गरेका छन् ।

आज ३६औँ विश्व एड्स दिवस मनाइँदै

 मंसिर १५ गते शुक्रवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *