२०८१ कार्तिक ६, १८:११

दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबा गम्भीर घाइते

हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् ।

मकवानपुरको मकवानपुरगढी-२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र ४ महिनाकी छोरी घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।

सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खसेको प्रहरीको भनाई छ । स्याङतानलाई थप उपचारको लागि चितवन पठाइएको छ ।

दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबा गम्भीर घाइते

वरीयतामा २ स्थान तल झर्‍यो नेपाल

Leave a comment

Your email address will not be published. Required fields are marked *