२०८१ कार्तिक ६, १४:२३

कोशी र गण्डकी प्रदेशको भू–भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं : मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा अहिले आंशिक बदली छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँ

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *