२०८१ कार्तिक ६, १६:२४
#ब्रेकिङ न्युज #समाज

रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’

झापा, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको महोत्तरीको जलेश्वरमा जारी संयुक्त बैठकबाट पार्टीको मुख्य राजनीतिक मार्ग टुंगो लगाएको छ । अब रास्वपाको औपचारिक राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ हुनेछ ।

बैठकले पार्टीको मूल दस्तावेको प्रस्तावना पनि पारित गरेको छ । उक्त प्रस्तावनामा रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येय रहेको उल्लेख छ ।

संयुक्त बैठकबाट बुधबार पारित दस्तावेजमा पार्टी ‘बहुलवादी लोकतान्त्रिक’ हुने उल्लेख छ । ‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,’ रास्वपाको दस्तावेजमा भनिएको छ, ‘यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।’

लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत९साधनको दीगो परिचालनको नीति लिने रास्वपाको दस्तावेजमा उल्लेख छ । उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय सन्तुलन कायम राख्न पार्टी प्रतिबद्ध रहेको रास्वपाको भनाइ छ ।

रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानमा विश्वास गर्ने प्रस्तावनामा उल्लेख गरेको छ ।

रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’

सबै सांसद पार्टीको केन्द्रीय सदस्य

रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’

सर्वसम्मतिले पारित भयो कोशी सरकारको बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *