२०८१ कार्तिक ६, १४:२६

दुर्गा प्रसाईंका समर्थकहरू धमाधम पक्राउ

काठमाडौँ : उग्र-प्रदर्शनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरू धमाधम पक्राउ पर्न थालेका छन्। प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रसाईंका १५ जना समर्थक पक्राउ परिसकेका प्रहरीले जनाएको छ।

आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने अन्यमा भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन्।

मंसिर १३ गते बुधबारको राशिफल

सुनको भाउ आज एक हजार ६ सय

Leave a comment

Your email address will not be published. Required fields are marked *