२०८१ कार्तिक ६, १२:०९

१ लाख ६३ हजारको कपडा नियन्त्रणमा

काकडभिट्टा। नेपाली प्रहरीले मेचीनगर नगरपालिका वडा नं. १५ किसन कामत टोलबाट भन्सार छलेर ल्याइएको कपडा नियन्त्रणमा लिएको छ।

आज साँझ जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको विभिन्न किसिमको बच्चाले लगाउने कपडा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार कपडा १०८ पिस, बच्चाले लगाउने टाउजर ३६ पिस, बच्चाले लगाउने मोजा ५३० जोर, केटाले लगाउने मोजा १२० जोर, तौलिया १० पिस बरामत गरिएको छ ।

अवैध रुपमा ल्याइएको १ लाख ६३ हजार ५ सय बराबरको कपडा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको झापा प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

मंसिर १३ गते बुधबारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *