२०८१ कार्तिक ६, २०:४५

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन्। कमल वडा नम्बर–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिएको छ ।

उनका अनुसार छोराले आज बिहान ६ः३० बजे दाउले हिर्काउँदा बुवाको घटनास्थलमै मृत्यु भएको थियो । आशिषले बुवाको टाउको र दाँहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ।

हत्या गरेर भागेका आशिषलाई प्रहरीले कमल वडा नम्बर –४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको उनले बताएको छ ।

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

श्री ५ लेखेको शिलालेख इकम कलेजले हटायो

Leave a comment

Your email address will not be published. Required fields are marked *