२०८१ कार्तिक ६, १४:३२

मंसिर ०८ गते शुक्रबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
केही नयाँ काम थाल्ने समय छ, धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छी पनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ । तपाइको बुद्दीको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । अन्नको लाभ पनि होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिश्रम गर्न सके जती खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ, कसैबाट समर्थन पनि पाइएला । धनको लाभ अर्थात रुपैँया पैसा कमाइने दिन छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला । परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला तर पनि सामाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ । अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ । आज रमाइलो यात्राको योग पनि रहेको छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला । आज तपाइलाई सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै, भौतिक सर सामानको पनि क्षति हुने दिन छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रेम प्रसंगले बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाव होला । सोचेको काम पुरा नहुन सक्छ । बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । कुनै नँया कामको थालनी गर्नु भए राम्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
झै झगडाको सम्भावना छ । मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला । तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

मंसिर ०८ गते शुक्रबारको राशिफल

विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिधुत

Leave a comment

Your email address will not be published. Required fields are marked *