२०८१ कार्तिक ६, १२:२७

श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरे

भद्रपुर । श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । झापाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ चमेली बस्ती निवासी ३६ वर्षीय सुभाष लिम्बुले आफ्नै श्रीमती ३५ वर्षीया जुनिता लिम्बुलाई कुटपिट गरी हत्या गरेका छन् ।

श्रीमतीको हत्यापछि सुभाषले श्रीमतीको फोटो र सुसाइड नोट लेखेर घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटना बिहीबार बिहानको हो । श्रीमतीको फोटो र सुसाइड नोट सुभाष झुन्डिएकै ठाउँमा फेला परेको छ ।

बल्खुमा प्रसाईं समर्थक र प्रहरीबीच झडप

मंसिर ०८ गते शुक्रबारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *