यस्तो रहनेछ दुर्गा प्रसाईँको अभियानको कार्यक्रम
काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईँको अभियानले मंसिर ७ गते बिहीबार गर्ने भनिएको कार्यक्रम मुख्यगरी काठमाडौँको बल्खु क्षेत्रमा केन्द्रित हुने भएको छ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिइएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका प्रदर्शनकारीहरु विभिन्न रुट प्रयोग गरी बल्खु क्षेत्रमा भेला हुने बताइएको छ।