२०८१ कार्तिक ६, १२:१२
#ब्रेकिङ न्युज #सम्पादकीय

शुरु भयो ‘मेचीप्रेस’ को प्रकाशन

प्रिय पाठक, नमस्कार ।

आधुनिकता र विज्ञानको विकाससँगै विश्वका तमाम मिडियाहरुले आफनो रुप र रंग फेर्दै आएका छन् । यो बद्लिँदो वर्तमान परिपेक्ष अनि संचार क्षेत्रमा देखिएको प्रतिस्पर्धात्मक अवस्थामा त झन् मिडियाहरुलाई नयाँ र नौलो खुराक पस्कनुपर्ने वाध्यता नै छ । नौलो तथा समयसान्दर्भिक खुराक पस्कदैँ खबरदारीका साथ आम नागरिकको आवाज बुलन्द गराउनु मिडियाको दायित्वसँगै धर्म पनि हो ।

यही मेसोमा तपाँइ पाठक र हामीवीच एउटा नयाँ साँइनो गाँसिदैछ । त्यो साँइनो हो भर्चुअल साँइनो । अर्थात अनलाइन पोर्टलमार्फत हामी तपाँइ पाठकको सेवामा समर्पित हुन लागेको कुरा सगौरव बाँड्न पाउँदा हामी हर्षले गदगद छौं । देशकै पूर्वी नाका, सीमान्त सहर मेचीनगरमा अनलाइन मिडियाहरुको भीड छिचोल्दै देशको सिमा छुट्याएर सधैँ अविरल बगिरहने मेची नदिको नामलाई साक्षी राखी एउटा नयाँ र फरक किसिमको अनलाइन शुरु गर्ने हामीले जमर्को गरेका छांै । ‘मेचीप्रस डटकम’ जसले आफ्नो प्रकाशन समेत प्रारम्भ गरिसकेको छ । आम पाठकमाझ सही सूचनासंगै सामाजिक रुपान्तरण, राजनीतिक वेथिति र समाजमा व्याप्त कुसंस्कार विरुद्ध हाम्रो कलम सदैव चनाखो वन्ने छ ।

यो बद्लिँदो वर्तमान परिपेक्ष अनि संचार क्षेत्रमा देखिएको प्रतिस्पर्धात्मक अवस्थामा फेरि एउटा नयाँ अनलाइनको उदय भएको देख्दा पक्कै पनि तपाँइ आश्चर्यमा पर्नुभयो होला । तर, वर्तमानलाई देखाएर यो सिंगो अनलाइनको टिम तपाँइबाट पन्छिन मिल्दैन । समाज परिवर्तनको आवाजलाई बुलन्द बनाउँदै, वर्तमानका अनेकन चुनौँतीको सामना गर्दै, तपाँइ अनि हाम्रो आवाजलाई यस अनलाइनको माध्यमबाट चित्रण गर्न फेरि एउटा अनलाइन आएको हो । आशा छ तपाँइ सम्पूर्ण पाठकहरुको साथ, सहयोग हामीलाई सधैँ प्राप्त भइरहनेछ ।

मेचीप्रेस डेस्क ।

 

विश्वकप छनोटमा आज नेपाल र यमन खेल्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *