२०८१ कार्तिक ६, १२:०९

सूर्यलाई अर्घ दिई छठ पर्व पनि सकियो

काकटभिठ्ठा मङ्सिर ४ -आज सोमबार बिहान ब्रतालुहरूले पानीमा उभेर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन शुक्रबार ‘नहाय-खाए’ गरिएको थियो ।

छठको दोस्रो दिन शनिबार दिनभर उपवास बसी राति खीर बनाइ देउतालाई चढाएर ब्रतालुहरू खरना गरेका थिए ।

त्यस्तै, छठको मूल दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिइ छठ पर्वको विधिवत् रूपमा समापन गरिएको छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित आदि देव सूर्यको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्व मनाइन्छ ।

सूर्यलाई अर्घ  दिई छठ पर्व पनि  सकियो

मृत्यु हुनेको संख्या तीन पुग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *