२०८१ कार्तिक ६, १२:१७
#ब्रेकिङ न्युज #समाज

टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ

१ मंसिर । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर अर्थात आगामी सोमबारका लागि पहिलो पेशी तोकेको हो ।

प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।

 

बैङ्कहरूले ब्याजदर घटाए

Leave a comment

Your email address will not be published. Required fields are marked *