२०८१ कार्तिक ६, १४:१२

बैङ्कहरूले ब्याजदर घटाए

काठमाडौँ, मङ्सिर १ गते । वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।

कात्तिक महिनामा ९.९६ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मङ्सिर महिनामा ०.३३ प्रतिशत बिन्दु घटेर ९.६३ प्रतिशतमा झरेको छ । त्यसै गरी संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.३०६ प्रतिशत बिन्दु घटेर ७.५४ प्रतिशतमा झरेको छ ।

हाल सञ्चालनमा रहेको २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर घटाएका छन् । सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआइसी एसिया बैङ्क रहेको छ ।

Source:Gorkhapatra Online

टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *