२०८१ कार्तिक ६, १२:१०
#कोशी #खेलकुद #ब्रेकिङ न्युज

बाहुण्डाँगीमा फुटबल तालिम शुरु

बाहुण्डाँगी । मेचीनगर-४ स्थित बाहुण्डाँगी यूवा क्लबले फुटबल तालिम शुरु गरेको छ । कात्तिक १ गतेबाट शुरु भएको तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर-४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीबाट गरिएको थियो ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष कार्कीले वालबालिकालाई फुटबलप्रति आकर्षित गराउन र भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन गर्न फुटबल तालिमलाई निरन्तरता दिन आग्रह गरे । उनले वालवालिकालाई कुलतबाट टाढै राख्न र आफ्नो शारीरिक विकास गर्न तालिम महत्वपूणर् सावित हुने बताए । वडा अध्यक्ष कार्कीले यस आर्थिक वर्षमा क्लबलाई १ लाख विनियोजन गरिएको तथा आगामी बजेटमा खेलाडीको इन्स्योरेन्सका लागि ५ लाखबढी रकम विनियोजन गर्ने बताए । अध्यक्ष कार्कीले वालवालिकालाई दुव्यर्सनीबाट टाढै राख्न पनि खेलकुदको विकास अपरिहार्य रहेको बताए ।
बालवालिकालाई मोबाइलको कुलतबाट टाढै राख्न र वडामा वालवालिकालाई भविष्यमा फुटबल प्रतियोगिता खेल्न प्रेरणा दिन तालिम शुरु गरिएको क्लबका अध्यक्ष जीवनकुमार दर्जीले बताए । क्लबले भविष्यमा १४ वर्ष भन्दा मुनी, ए डिभिजन खेल्न खेलाडी उत्पादन गर्न तालिम आयोजना गरिएको अध्यक्ष दर्जीले बताए ।
क्लबले यसअघि जिल्ला स्तरको विभिन्न प्रतियोगितामा समावेश भई ‘बी’ डिभिजन च्याम्पियन समेत बनेको छ । प्रशिक्षक चन्द्र लिम्बूले प्रशिक्षण दिनेछन् । तालिममा करिब ५५ जना विद्यार्थीको सहभागिता रहेको छ । तालिम मेचीनगर-४, बाहुण्डाँगीस्थित सरस्वती माविको खेलमैदानमा शुरु भएको छ । दशैंको अवसरमा बाहुण्डाँगी यूवा क्लबले सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको छ ।
कार्यक्रममा क्लबका उपाध्यक्ष तथा तालिमका संयोजक राजेश थापा, निरज घिमिरे, क्लबका पूर्व अध्यक्ष पोषककुमार दर्जी, विक्रम थापा, मेचीनगर-४ का वडा सदस्य नरबहादुर कार्की, हेमराज कार्की, धर्मप्रसाद सुवेदी, पुष्कर ढकाल, निरज साङपाङलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव दिवस पौडेलले गरेका थिए ।

बाहुण्डाँगीमा फुटबल तालिम शुरु

नकलबन्दा साकोसको १७ औँ वार्षिक साधारण सभा

ESE4D DAFTAR: Situs Judi Online Paling dipercaya

Leave a comment

Your email address will not be published. Required fields are marked *