२०८१ कार्तिक ६, १२:०९
#ब्रेकिङ न्युज #सहकारी

नकलबन्दा साकोसको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभाको माइन्यूट लेखन तथा प्रमाणीकरण शनिबार सम्पन्न भएको छ । मेचीनगर-६ स्थित नकलबन्दा समाज विकास समितिको सभाहलमा साधारण सभाको अन्तिम माइन्यूट लेखन तथा प्रमाणीकरण सम्पन्न भएको हो ।
संस्थाले चार स्थानमा इकाईगत साधारण सभा गरी छनौट भएका प्रतिनिधिले अन्तिम माइन्यूट प्रमाणिकरण गरी साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनाको सभापतित्व रहेको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक मेघराज गेलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका लेखा समिति संयोजक, ऋण उपसमिति संयोजक, कार्यसमिति सदस्यहरुको आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष माया प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक महेन्द्रबहादुर कुँवरले गरेका थिए ।
संस्थाले सदस्य राहत कोष कार्यक्रममार्फत सदस्यलाई राहत रकम हस्तान्तरण गरेको छ । ७ करोड ५४ लाख ९७ हजार ६ सय ११ वासलात रहेको संस्थाको ९५ लाख ३५ हजार ८ सय २५ रुपैयाँ शेयरपूँजी रहेको छ भने निक्षेप हिसाब ६ करोड ७५ हजार १ सय ५ रुपैयाँ रहेको छ । २ हजार १ सय ७५ जना सदस्य रहेको संस्थाले दुइतले पक्की भवन निर्माण गरी सुपथ मूल्यको सहकारी पसल समेत सञ्चालन गर्दै आएको छ । संस्थाले विभिन्न समयमा वि.एण्ड.सी हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर समेत गरेको छ । संस्थाले काँकरभिट्टा बजार र इटाभट्टा बजारलाई लक्षित गरी २ वटा सेवा केन्द्र विस्तार गर्ने तयारी लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

नकलबन्दा साकोसको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग

नकलबन्दा साकोसको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

बाहुण्डाँगीमा फुटबल तालिम शुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *