२०८१ कार्तिक ६, १२:१६
#खेलकुद #ब्रेकिङ न्युज #समाज

छैटौं राष्ट्रिय बुद्विचाल प्रतियोगिता काँकरभिट्टामा हुने, प्रथम हुने दुई जना एसियन छनौटमा

काँकरभिट्टा । नाइट चेस क्लब काँकरभिट्टा र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा छैटौं राष्ट्रिय एमेच्युर बुद्विचाल प्रतियोगिता काँकरभिट्टामा हुने भएको छ ।
शनिबार काँकरभिट्टास्थित होटल व्यवसायी संघ मेचीनगरको सभाहलमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिता भदौ ७ देखि १० गतेसम्म हुने जानकारी गराइएको हो ।
काँकरभिट्टा खानेपानीको सभाहलमा हुने राष्ट्रिय एमेच्युर बुद्विचाल प्रतियोगितामा प्रथम हुने २ जना एसियन छनौटमा पर्नेछन् ।
मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको आयोजना नाइट चेस क्लबले गर्ने भएको हो । २ हजार देखि १७ सयसम्म र १७ सय रेटिङ मुनि गरी दुई क्याटागोरीमा हुने प्रतियोगितामा १२० देखि १५० जनासम्म खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार, दोश्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार प्राप्त गर्नेछन् । त्यसैगरी, प्रतियोगितामा चौथो, पाँचौँ, छैटौँ, सातौँ हुने खेलाडीले क्रमशः १२ हजार, १० हजार, ८ हजार र ६ हजार प्राप्त गर्नेछन् भने आठौ, नवौँ र दसौँ हुनेले समान ५-५ हजार प्राप्त गर्नेछन् ।
अनुमानित १८ लाख २२ हजार खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा स्थानीय सरकार, विभिन्न संघ-संस्था लगायतसँग सहयोग उठाउने तयारी गरिएको बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय स्तरका आर्विटरहरूको उपस्तिथि रहनेछ ।
पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष बालाजित राई, शेरबहादुर वस्नेत (सुन्दर) लगायतले प्रतियोगिता भव्य र सफल रूपमा सम्पन्न गर्न सबैले सहयोग गर्न अनुरोध गरेका छन् । प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले र समापन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गर्ने क्लबले जनाएको छ । मुख्य प्रायोजकको रूपमा स्थानीय पशुपति बोडिङ स्कुल रहेको प्रतियोगितामा मेची युमा चेस एकाडेमी सहयोगी संस्था रहनेछ ।
नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेको अध्यक्षता, स्वागत प्रथम उपाध्यक्ष राजु पौडेलले र सञ्चालन महासचिव राजेश राउतले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *