२०८१ कार्तिक ६, १४:१६
#ब्रेकिङ न्युज

घैलाडुब्बा शिवालय मन्दिरमा युवा संघद्वारा निःशुल्क पानी वितरण

मेचीनगर । पुर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थल घैलाडुब्बा शिवालय पातालगंगा मन्दिर परिसरमा राष्ट्रिय युवा संघ मेचीनगर-८ वडा कमिटीले निःशुल्क पानी वितरण गरेको छ ।

साउनको अन्तिम सोमबार आज मन्दिरमा पुजा आरधाना गर्न आउने भक्तजनहरूलाई सहजताको लागि निःशुल्क पानी वितरण गरिएको हो।

साउन महिना भरिको सोमबार भगवान् शिवको पुजा गर्न घैलाडुब्बा शिवालय पातालगंगा मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहने गर्छ । त्यसमा पनि बिशेष गरि अन्तिम सोमबार बढी भिड हुने हुँदा युवा संघले निःशुल्क पानी वितरण गरेको आयोजक कमिटीले जानकारी दिएको छ।

युवा संघ मेचीनगर वडा नम्बर -८ कमिटीले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता ललित थामीले गरेका थिए भने प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटी सचिवालय सदस्य रघु धिमालको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरुमा जिल्ला सचिवालय सदस्य सरोज मेहरा, नगर अध्यक्ष सुनिल राजवंशी , नगर सचिव राकेश खवास, नगर सदस्य विकास माझी , पुर्व वडाध्यक्ष तेजन राजवंशी , एमाले वडा नम्बर -८ का कार्यबाहक अध्यक्ष मिलन विश्वकर्मा लगायतको उपस्थिति रहेको थियोे ।

वडा इन्चार्ज सञ्जय थामीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन वडा सचिव आकाश ढुंगानाले गरेका थिए।

घैलाडुब्बा शिवालय मन्दिरमा युवा संघद्वारा निःशुल्क पानी वितरण

मेचीनगरका ६ दल आन्दोलित, २१ बुँदे ज्ञापन

Leave a comment

Your email address will not be published. Required fields are marked *