२०८१ कार्तिक ६, १६:३०
#ब्रेकिङ न्युज

मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो तीन बर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेको भन्दा आउनेको संख्या बढी रहेको हो ।

मेचीनगरको तथ्यांक अनुसार २०७८ साल साउन १ गतेदेखि २०८१ साल असार मसान्तसम्ममा नगरपालिकाबाट बसाइँ सरी आउनेको संख्या २ हजार २७७ परिवारका ७ हजार ४४९ जना सदस्य रहेका छन् । त्यस्तै सोही अवधिमा नगरबाट अन्यत्र बसाइँ सरी जाने १ हजार १८९ परिवारका ३ हजार ५४९ जना सदस्य रहेका छन् ।

नगरको सबैभन्दा बढी बसाइँ सरेर आउने वडाको रूपमा ६ नम्बर रहेको छ उक्त वडामा बसाइँ सरी आउनेको संख्या २६८ परिवार रहेको छ । जसमा ८०८ जना सदस्य रहेका छन् । त्यसैगरी सबैभन्दा कम बसाइँ सरी आउने वडाको रूपमा वडा नम्बर १ रहेको छ । उक्त वडामा बसाइँ सरी आउने ५८ परिवारका १९८ जना सदस्य छन् ।

त्यस्तै बिगत तीन बर्षको अवधिमा नगरबाट सबैभन्दा बढी वडा नम्बर ६ बाटै बसाइँ सरी अन्यत्र गएका छन् । उक्त वडाबाट १४१ परिवारका ४०८ जना सदस्यले मेचीनगर छाडेर अन्यत्र हुन् । त्यस्तै सबैभन्दा कम वडा नम्बर १३ बाट ५१ परिवारका १४० जना बसाइँ सरेर अन्यत्र गएका छन् ।

विकासले फडको मार्दा पछिल्लो समय अन्यत्र स्थानबाट मेचीनगरमा बसाइँ सरी आउने क्रम बढ्दै गएको जानकारहरु बताउँछन् । अहिले नगरको नेतृत्व नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधले गरिरहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *