२०८१ कार्तिक ६, १६:२१
#ब्रेकिङ न्युज

पुर्वी नाका काँकरभिट्टाबाट ३ लाख बढीको अवैध सामान बरामद

झापा, १९ साउन । झापाको मेचीनगरबाट ३ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ भन्सारगेट हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको करिब ३ लाख २१ हजार ५ सय बराबरको विभिन्न सामान बरामद गरेको हो ।

प्रहरीले अन्दाजी ३ लाख १४ हजार बराबरको ४८६ पिस इन्डियन साडी र नेपालबाट भारततर्फ अबैध रुपमा लाँदै गरेको ७ हजार ५ सय बराबरको ३ बोरा मकै गरी ३ लाख २१ हजार ५ सय बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *