२०८१ कार्तिक ६, १६:१२
#ब्रेकिङ न्युज

काँकडभिट्टाबाट भन्सार छलीका सामानसहित दुई जना पक्राउ पक्राउ

मेचीनगर ।  झापाको मेचीनगरबाट प्रहरीले अवैध समान र सिटी सफारीसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीनगर–६ बसपार्कबाट भन्सार छलीका सामान र मानिसलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली प्र १–०१–००२ ह १४४ नम्बरको सिटी सफारीमा लुकाइछिपाई ल्याउँदै गरेको थ्री पिस भाडा, धाराको बोल्ड ग्रुप, डोर क्लोजर, डोर छेस्कनी, क्यापासिटर, स्विच प्लेट, कलको वासर, डोर लक, चरेस थाल करिब ३ लाख १ हजार बराबरको सामान बरामद गरिएको हो ।

साथै, सिटी रिक्साको एक लाख ८० हजार रुपैयाँ र सामानको ३ लाख एक हजार मूल्याङ्कन गरी सिटी चालक मेचीनगर–७ का ३० वर्षीय प्रदीप श्रेष्ठ र सामान धनी बिर्तामोड–५ की ४० वर्षीया गीता ढकाललाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *