२०८१ कार्तिक ६, १७:११
#ब्रेकिङ न्युज

पूर्वीनाका काँकरभिट्टा हुँदै ६४८ जना नेपाली विद्यार्थी बंगलादेशबाट फर्के

मेचीनगर, ६ साउन । बंगलादेशकाे आन्दोलनका कारण पूर्वीनाका काँकरभिट्टा हुँदै आजसम्म ६४८ जना नेपाली विद्यार्थी बंगलादेशबाट फर्केका छन् ।

अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख माेहन पनेरूले बंगलादेशबाट एक हप्तामा ५१८ जना नेपाली विद्यार्थीहरू पूर्वी नाका आइपुगेकाे बताए ।

उनले आज आएका १३०  जनासहित एकहप्तामा ६४८ जना नेपाली विद्यार्थी नेपाल आइपुगेकाे जानकारी दिए ।

बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु फर्किने लर्काे छ ।

चिकित्सा शिक्षा अध्ययनका लागि हजारौं नेपाली विद्यार्थीहरु बंगलादेशमा छन् ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *