२०८१ कार्तिक ६, १६:२५
#ब्रेकिङ न्युज

जन्मदिनको उपलक्ष्यमा होम भण्डारीद्वारा बाल कल्याण अक्षयकोषमा आर्थिक सहयोग प्रधान

मेचीनगर। आफ्नो जन्मदिनको अवसर पारेर मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बाल कल्याण माध्यमिक बिद्यालयलाई छ हजार एक सय पन्ध्र रुपैयाँ सहयोग गर्नुभएको छ ।

जन्मदिनको उपलक्ष्यमा आज विद्यालयमा उपस्थिति जनाउँदै एस.इ.इ २०८० मा सहभागी भई सर्वोत्कृष्ठ नतिजा ल्याउन सफल छात्रा अप्सना पुरीलाई नगद पाँच हजार प्रधान गर्दै उज्ज्वल भविष्यको कामना गर्नुभएको छ। त्यसरी नै आफ्नो विषयमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका शिक्षक दिपाकुमारी भारती र प्रकाश शर्मा घिमिरेलाई सम्मान गरिएकाे छ।

एसईई परीक्षा २०८० मा मेचीनगरका सामुदायिक विद्यालयतर्फ करिब ३१ प्रतिशत विद्यार्थी उत्तीर्णमा सामुदायिक तर्फ मेचीनगर भरि नै बाल कल्याण माविले  ७० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण  गराएकाे थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण न्यौपाने, प्रावि इञ्चार्ज शन्तलाल माझी, मेचीनगर ५का जनप्रतिनिधि देविमाया विश्वकर्मा, मान बहादुर लिम्बू ,शिक्षक अभिभावक संघका सुवास लिम्बू लगायतको उपस्थित रहेको थियो ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *