२०८१ कार्तिक ६, १७:१४

मेचीपुलमा लागुऔषध सहित एक जना भारतीय पक्राउ

मेचीनगर। झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित भारतीय नागरिक ३६ वर्षीय बब्लु रायलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बेलुका मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलमा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरको डब्लु बि ७४ वाइ २१४१ को मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा रायले लगाएको पाइन्टको गोजीबाट सेतो रङको प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध जस्तो देखिने (खैरो हेरोइन) नापतौल गर्दा प्लाष्टिक बाहेक ११ दशमलव ३०० मिलि ग्राम लागुऔषध फेला परेको थियो ।

रायलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *