२०८१ कार्तिक ६, १७:३१

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

एजेन्सी ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। राष्ट्रपति पदका उमेदवार समेत रहेका ट्रम्पमाथि एक चुनावी र्‍यालीका क्रममा शनिबार साँझ गोली चलेको हो।

गोली लागेर ट्रम्प सामान्य घाइते भएका छन् ।

बीबीसीका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए।  उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन्।

ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ। उनको कान र अनुहारमा रगत बगेको देखिएको छ।

घटनास्थलमा एक जनाको शव भेटिएको जनाइएको छ। सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

मेचीपुलमा लागुऔषध सहित एक जना भारतीय पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *