२०८१ कार्तिक ६, १६:१८
#ब्रेकिङ न्युज

मुख्यमन्त्री कार्कीविरुद्ध कालाे झण्डा प्रदर्शन

मोरङ- कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनरत पहिचानवादी पक्षले तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध प्रदर्शन गरेका छन्।

बिहान तेह्रथुमको म्याङ्लुङस्थित जिरीखिम्ती बजारमा पहिचान पक्षधरका लाजेहाङ फोर्सका सदस्यहरूले कालो झण्डा प्रदर्शन गर्दै विरोध गरेका हुन्।

फोर्सका तेह्रथुम जिल्ला संयोजक धनेन्द्र सुब्बाले पहिचान पक्षबाट प्रदेशको नाम राख्न अग्रणी भूमिकामा रहेका मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउन सफल भएको बताए।

मुख्यमन्त्री कार्कीलाई जिल्ला प्रवेश गर्न रोकिने कार्यक्रम रहेपनि पहिचानवादीको सेक्रेटरी जिल्लाको कार्यक्रममा उनको सहभागिता हुने हुँदा प्रवेश निषेधको कार्यक्रम रोकिएको संयोजक सुब्बाले जानकारी दिए।

तत्कालीन अवस्थामा पहिचानवादीको विपक्षमा मुख्यमन्त्री कार्कीले पहिचान नामेट गरी कोशी नाम राखेको आरोप उनीहरूको छ।

कार्की प्रदेशको पहिलोपटक मुख्यमन्त्री बनेको बेलामा प्रदेशसभाबाट कोशी प्रदेश नामाकरण भएको थियाे।

त्यसयता प्रदेश नामाकरणविरुद्ध पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन्। Deshsanchar

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *