२०८१ कार्तिक ६, १६:२७
#ब्रेकिङ न्युज

ब्राउन सुगरसहित झापामा तीन जना पक्राउ

झापा-झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।

दमकबाट दुईजना र मेचीनगरबाट एकजना पक्राउ परेका हुन् । हिजो दिउँसो ४ बजे दमक-४ स्थित कृष्ण मन्दिरमा लागू औषध खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोस्ट तारावारिबाट खटिएको संयुक्त प्रहरी टोलीले दमक-४ बस्ने अन्दाजी ३१ वर्षीय भानु बाह्रकोटी र मोरङ उर्लाबारी-७ बस्ने अन्दाजी ३६ वर्षीय खगेन्द्र न्यौपानेको शरीर खानतलासी गरेको थियो ।

त्यस क्रममा उनीहरूको साथबाट ६ ग्राम ब्राउन सुगर र नगद ६७ हजार ८०० रुपैयाँ फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

त्यस्तै हिजो साँझ ७.३० बजे मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बुद्धशान्ति गाउँपालिका-१ बस्ने २१ वर्षीय विशाल श्रेष्ठलाई शङ्का लागेर सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको थियो ।

त्यस क्रममा उनले लगाएको पाइन्टको गोजीबाट हरियो रङको प्लास्टिकमा पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको ६७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले बताएको छ ।

ब्राउन सुगरसहित झापामा तीन जना पक्राउ

साइकलमा आएका एक व्यक्ति नारायणी नदीमा हाम

Leave a comment

Your email address will not be published. Required fields are marked *