२०८१ कार्तिक ६, १६:३३
#ब्रेकिङ न्युज

मेचीनगर नगरपालिकाद्वारा आज गर्ने भनिएको सार्वजनिक सुनुवाई स्थगित

मेचीनगर। झापाको मेचीनगर नगरपालिका कार्यालयले आज गर्ने भनिएको सार्वजनिक सुनुवाई स्थगित भएको छ ।

नगरबासीहरुमा सार्वजनिक सुनुवाई हुने बिषयको पर्याप्त सूचना नपुगेको पाइएकाले तत्कालका लागि कार्यक्रम स्थगित गरिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । ‘नगरबासीहरुमा पर्याप्त सूचना पुगेको बुझिएन,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘सबै नगरबासीमा सूचना गरेर अर्को दिन गर्ने गरी आजलाई स्थगित गरियो ।’

आर्थिक बर्ष भरि भए गरेका कामको समिक्षा सहित आम नगरबासीको जिज्ञासाको समाधान गर्ने गरी आज दिउँसो १ बजे नगरपालिकाले मेची उद्योग वाणिज्य सघको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भनेको थियो ।

 

मेचीनगर नगरपालिकाद्वारा आज गर्ने भनिएको सार्वजनिक सुनुवाई स्थगित

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको

मेचीनगर नगरपालिकाद्वारा आज गर्ने भनिएको सार्वजनिक सुनुवाई स्थगित

यी हुन् धनियाँका फाइदाहरू

Leave a comment

Your email address will not be published. Required fields are marked *