२०८१ कार्तिक ६, १४:०८
#कोशी #ब्रेकिङ न्युज #स्वास्थ

नकलबन्दा विलिभिर्ष इङ्लिस स्कुलमा स्वास्थ्य शिविर सम्पन्न, १ सय ८४ जनाले गराए स्वास्थ्य जाँच

मेचीनगर । नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा १ सय ८४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
विलिभर्ष इस्टर्न चर्च जिल्ला परिषद झापाको आयोजना तथा विलिभर्ष इस्टर्न चर्च बिर्तामोड डायोसिसको प्रायोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरबाट रेफर गरिएका विरामीलाई २० प्रतिशत छुट दिने अस्पताल प्रशासनले जनाएको छ ।
ओम साई पाथीभरा अस्पतालको प्राविधिक सहयोगसमेत रहेको शिविरमा बाल रोगसम्बन्धी विशेषज्ञ सेवा, फिजिसियन सेवा सम्बन्धी उपचार र निःशुल्क औषधि वितरण सेवासमेत प्रदान गरिएको छ ।
नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलका विद्यार्थी, अभिभावक तथा ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको विलिभर्ष इस्टर्न चर्च बिर्तामोड डायोसिस भिकार जनरल रेभ फादर चित्रकुमार रुपाचाले बताए । शिविरमा ओम साई पाथीभरा अस्पतालका बाल रोग विशेषज्ञ डा कुन्दन यादव, फिजिसियन मेडिकल अफिसर डा. मनोज चौधरी, बुधबारे सिटी अस्पतालबाट डा. निमा तामाङ, अस्पताल सुपरीटेन्डेन्ट नशिव मुखियालगायत ओम साई पाथीभरा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।
शिविरको उद्घाटन कार्यक्रममा विलिभर्ष इस्टर्न चर्च बिर्तामोड डायोसिस भिकार जनरल रेभ फादर चित्रकुमार रुपाचा, विलिभर्ष इस्टर्न चर्च नकलबन्दा इङ्लिस स्कुलका अध्यक्ष रेभ फा. दशरथ खडिया, प्रिन्सिपल भरत दराई, डा. कुन्दन यादव, डा. निमा तामाङ, डा. मनोज चौधरी, नशिव मुखिया, एलबी राजवंशीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन विलिभर्ष इस्टर्न चर्च झापा जिल्ला संयोजक फादर जगतबहादुर वाग्लेले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *