२०८१ कार्तिक ६, १८:१०
#ब्रेकिङ न्युज

बैंकिङ कसुर मुद्दामा भागेका मेचीनगर ४ का तिवारी कारागार चलान

मेचीनगर- बैंकिङ कसुर मुद्दामा भागिरहेका एक व्यक्तिलाई झापा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले पक्राउ गरेर कारागार पठाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर ४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलापछि भाग्दै आएका उनी आज पक्राउ परेका हुन् ।उनलाई २० दिन कैदसँगै २७ लाख रुपैयाँ जरिवाना र एक लाख आठ हजार रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गर्न अदालतले आदेश दिएको छ ।

अदालतको आदेशपछि उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *