२०८१ कार्तिक ६, १६:१०
#ब्रेकिङ न्युज

मेचिनगर-३ स्थित धरधरेमा एउटा हात्ती मृत फेला

मेचीनगर-झापाको मेचीनगरमा एउटा भाले जंगली हात्ती मृत फेला परेको छ ।

मेचीनगर नगरपालिका ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा अन्दाजी १० वर्षको भाले हात्ती मृत बिहीबार बिहान साढे ७ बजेको फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

अहिले घटनास्थल पुगेर जिल्ला डिभिजन वन कार्यालय झापा र मेची सवडिभिजन कार्यालय धाईजनका टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हात्तीको पोस्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु वन्यजन्तु आरक्षण सुनसरीबाट विशेषज्ञको टोली पनि आइरहेको डीएसपी चन्दले जानकारी दिए।

मेचिनगर-३ स्थित धरधरेमा एउटा हात्ती मृत फेला

बनियानी खोलाले बगाउँदा १३ वर्षीय बिक बेपता

Leave a comment

Your email address will not be published. Required fields are marked *