२०८१ कार्तिक ६, १४:३५
#कोशी #ब्रेकिङ न्युज #समाज

मेचीनगर ५ का ३० जना महिलाले लिए पापड तथा भुजिया बनाउने तालिम

मेचीनगर । गृहणी महिलालाई लक्षित गर्दै एकरुपता महिला समूहले आयोजना गरेको पापड तथा भुजिया बनाउने तालिम समापन भएको छ । मेचीनगर ५ का ३० जना महिलाको सहभागिता रहेको तालिमलाई दक्ष प्रशिक्षक निर्मला भण्डारी, विन्जु सुब्बाले प्रशिक्षण गराएका थिए ।
मेचीनगर नगरपालिकाका नगर उप्रप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेका कार्यक्रममा कार्यपालिका सदस्य माया प्याकुरेल, मेचीनगर-५ का वडा सदस्य देवीमाया विश्वकर्मा, मेचीनगरका व्यवसायी विजय डालमिया, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष निर्मला भण्डारी, पत्रकार लिला अनमोल, प्रशिक्षक विन्जु सुब्बा, घैलाडुब्बा शिवालय मन्दिर समितिका अध्यक्ष गणेशकुमार खरेल, निवर्तमान अध्यक्ष चन्द्र कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिमको समापन कार्यक्रममा अधिकांश वक्ताले एकरुपता महिला समूहले मेसिन खरिद गरी उद्योग सञ्चालन गरी स्वरोजगार बन्न सुझाव दिए । उनीहरुले समूहलाई उद्योग सञ्चालन गर्न स्थानीय सरकारले मेसिन खरिद गर्न बजेट र पहल गर्नुपर्ने आग्रह गरे । वक्ताहरुले सिकेको सीपलाई भान्सामा प्रयोग गरी व्यवहारतः जीवनमा उतार्न आग्रह गरे । तालिमको आर्थिक सहयोग मेचीनगर नगरपालिकाको रहेको थियो ।
समूहकी अध्यक्ष तेजीमाया राउतको सभापतित्व रहेको कार्यक्रमको स्वागत उपाध्यक्ष लिला बिश्वकर्माले गरेकी थिइन् भने सञ्चालन सहसचिव अनुपा अधिकारीले गरेकी थिइन् । समापन कार्यक्रममा उद्घोषण, माइन्यूट लेखन तथा नेतृत्व विकास तालिमका प्रशिक्षकलाई सम्मान गरिएको थियो । संस्था प्रवद्र्धनका लागि प्रशिक्षकद्वय लिला अनमोलले रु ५ हजार तथा निर्मला भण्डारीले २ हजार आर्थिक सहयोग गरेका थिए ।

मेचीनगर ५ का ३० जना महिलाले लिए पापड तथा भुजिया बनाउने तालिम

बनियानी खोलाले बगाउँदा १३ वर्षीय बिक बेपता

Leave a comment

Your email address will not be published. Required fields are marked *