मेचीनगर नगरपालिकाकाे २०८१/८२ काे बजेट २ अर्ब ५ कराेड २९ लाख २ हजार रूपैयाँ
मेचीनगर, १० असार । मेचीनगरकाे प्रस्तावित बजेट दुई अर्ब ५ कराेड २९ लाख २ हजार रूपैयाँ आएको छ ।मेचीनगर नगरपालिकाकाे आगामी आर्थिक वर्ष २०८१/८२ काे प्रस्तावित बजेट २ अर्ब ५ कराेड २९ लाख २ हजार रूपैयाँ आएकाे हो ।
आज मेचीनगरका मेयर गाेपालचन्द्र बुढाथोकीकाे सभाध्यक्षमा पहिलाे चरणकाे दाेस्राे नगरसभाकाे पाँचाै अधिवेशनकाे नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पाेखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् ।उपमेयर उप्रेतीेले दुई अर्ब ५ कराेड २९ लाख २ हजार रूपैयाँकाे प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् ।
बजेटका विषयमा असार १२ गतेसम्म छलफल हुनेछ । बुधबार विहान ८ वजे वैठक फेरि बस्ने गरि आजलाई समापन भएकाे छ ।