२०८१ कार्तिक ६, १४:२४
#ब्रेकिङ न्युज #समाज

नगर स्तरीय दलित समन्वय समिति मेचीनगरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता

मेचीनगर । मेचीनगर स्तरीय अन्तर माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता २०८१ आइतबारदेखि शुरु भएको छ । ‘जातीय विभेद र छुवाछुतको अन्त्य, समृद्ध र समतामुलक समाज हाम्रो गन्तव्य’ भन्ने शीर्षकका साथ शुरु भएको प्रतियोगितामा मेचीनगरका ३४ विद्यालयका ६० जना विद्यार्थीले भाग लिने आयोजकले जनाएको छ ।
नगर स्तरीय दलित समन्वय समिति मेचीनगरले आयोजना गरेको वक्तृत्वकलाको पहिलो दिनको छनौट कार्यक्रम मेचीनगर-४, बाहुनडाँगीस्थित सरस्वती माविमा सम्पन्न भएको थियो । पहिलो चरणको क्षेत्रीय छनोटबाट रिदम दुलाल, सिर्जना कार्की र रमित भण्डारी फाइनल प्रवेश गरेका छन् । ओसियानिक निर्माण अंग्रेजी माविका रिदम प्रथम, अंशु एकाडेमीकी सिर्जना द्वित्तीय र थेसीस अंग्रेजी माविका रमित तृतीय हुँदै फाइनल चरण प्रवेश गरेका हुन् ।
पहिलो दिन ओसिएनिक निर्माण इङ्लिस स्कुल मेचीनगर २ बाट रिदम दुलाल, सनसाइन अंग्रेजी मावि मेचीनगर २ बाट सजल लम्जेल, करण लिम्बू, भानु माविबाट रिजन आचार्य, स्वस्तिका मेचे, मेची जनसाधारण माविबाट जस्मिन आङ्बो, अनमोल तामाङ, थेसिस अंग्रेजी मावि मेचीनगर-३ बाट अर्पणा कुलुङ राई, रमित भण्डारी, जनता माविबाट गंगा राई, आइसा गजमेर, सरस्वती मावि मेचीनगर ४ बाट नविना कट्वाल, कृतिका थापा, अंशु एकाडेमी अंग्रेजी माविबाट श्रृजना कार्की, बालकल्याण मावि मेचीनगर-५ बाट कुसुम लिम्बू, रिजन भट्टराईले सहभागिता जनाएका थिए ।
दोश्रो दिन सोमबार मेचीनगर ६, ७, ८ र १० नम्बर वडाबाट प्रतिनिधित्व गर्ने विद्यालयहरुको छनौट चरण मेचीनगर-८ आदर्श माविमा हुनेछ । छनौटमा काँकरभिट्टा मावि, नर्थ प्वाइन्ट अंग्रेजी मावि, पशुपति अंग्रेजी मावि, अरुणोदय अंग्रेजी मावि, तारापुञ्ज अंग्रेजी मावि, एमिटी पब्लिक स्कुल, अरनिको मावि, लोफोफोरस अंग्रेजी मावि, सनसाइन अंग्रेजी मावि, आदर्श मावि, हिमालयन अंग्रेजी मावि, धुलाबारी मावि सहभागी हुनेछन् ।
तेश्रो दिन मंगलबार मेचीनगर ९, ११, १२ , १३, १४ र १५ नम्बर वडाबाट प्रतिनिधित्व गर्ने विद्यालयहरुको छनौट कार्यक्रम बलभद्र जनता मावि मेचीनगर ११ मा हुनेछ । तेश्रो दिन कवि शिरोमाणि, आदर्श विद्या मन्दिर अंग्रेजी, पारिजात अंग्रेजी, होलिबेल अंग्रेजी, सरस्वती बाल कल्याण, दन्तकाली अंग्रेजी, दशरथचन्द, सेन्ट पल्स एकाडेमी, बाल सुवोधिनी अंग्रेजी, ज्यामिरगढी मावि सहभागी हुनेछन् ।
प्रतियोगिताको फाइनल १३ गते आदर्श माविमा हुनेछ । प्रथम हुनेले रु १० हजार १ सय २५ रुपैँया, दोश्रो हुनेले ७ हजार १ सय २५ र तेस्रो स्थान हासिल गर्नेले ५ हजार २ सय ५० रुपैँया, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक नगर स्तरीय दलित समन्वय समितिका सचिव कविता खनाल मिजारले बताइन् । कार्यक्रमलाई मेचीनगर नगरपालिकाको आर्थिक सहयोग रहेको छ ।
प्रतियोगिताको निणर्ायकमा पूर्व शिक्षक पर्शुराम तिम्सिना, पूर्व शिक्षक राजकुमार श्रीवाल र संचारकर्मी शुस्मा राजवंशी रहेका छन् । संस्थाकी अध्यक्ष रीता परियारको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुन कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक पोषककुमार दर्जी, बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवन मोतेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
उपाध्यक्ष लक्ष्मी परियारले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक बिक्रम थापाले गरेका थिए ।

नगर स्तरीय दलित समन्वय समिति मेचीनगरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता

‘वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *